BIZMANDU
www.bizmandu.com

तिहार र छठ बिदामा कुनै पनि पेट्रोल पम्प बन्द नहुने, आयल निगमको १३ वटा डिपो पनि खुला हुने

२०७९ कात्तिक ४

तिहार र छठ बिदामा कुनै पनि पेट्रोल पम्प बन्द नहुने, आयल निगमको १३ वटा डिपो पनि खुला हुने
तिहार र छठ बिदामा कुनै पनि पेट्रोल पम्प बन्द नहुने, आयल निगमको १३ वटा डिपो पनि खुला हुने


काठमाडौं। नेपाल आयल निगमले तिहार तथा छठ बिदामा कुनै पनि पेट्रोल पम्पहरु बन्द नहुने जनाएको छ। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि तिहार र छठको बिदामा १३ वटा डिपोहरू समेत खुला राख्ने निर्णय निगमले गरेको छ।

Tata
Global Ime

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको निगमले एक सूचना जारी गर्दै जानकारी दिएको छ।

तिहार र छठमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्पहरू खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो। निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार पेट्रोल पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुला हुनेछन्।

उनले प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगंजमा कातिक ७, ८ र ११ गते डिपो खुला हुने बताए।

यसैगरी वाग्मतीको थानकोट र गण्डकीको पोखरामा कातिक ८, ८ र १२ गते खुला हुनेछ। साथै लुम्बिनीको भैरहवा र कर्णाली प्रदेशको सुर्खेतमा कातिक ८ र ११ गते डिपोहरु खुला हुने गोइतले बताए।

यस्तै उनका अनुसार सुदुर पश्चिम प्रदेशको धनगढीमा तथा शाखा कार्यालय चारआलीमा कातिक ७ र ११ गते डिपोहरु बिदाको दिनमा खुला हुनेछ्न्। यसैगरी अन्य सहरहरुमा नेपालगंज, धनुषा, वीरगंज, दाङ र दिपायलमा पनि ७ र १३ गतेसम्म निगमको डिपोहरु खुला हुनेछन्।