BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, नेपाल-भारत उडान चुस्त बनाउन छलफल

२०७९ कात्तिक ४

अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, नेपाल-भारत उडान चुस्त बनाउन छलफल
अन्तर्राष्ट्रिय उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, नेपाल-भारत उडान चुस्त बनाउन छलफल


काठमाडौं। नेपाल वायुसेवा निगमले सेवा विस्तारका लागि छलफल सुरु गरेको छ। निगमले चीनको ग्वान्जाउ, भारतको अहमदाबाद, सिंगापुर हुँदै अष्ट्रेलिया उडानका लागि छलफल गरेको हो।

Tata
Global Ime

निगमले नेपाल-भारत दुईतर्फी पर्यटन विस्तारका लागि शुक्रबार मुम्बाई र बैंगलोर हवाई सेवा तथा पर्यटन सम्बद्ध प्रतिनिधिसँग छलफल गरेको जनाएको छ।

निगमले स्थापनाकालदेखि नै भारतका विभिन्न गन्तव्यहरुमा उडान गर्दै आएकोमा हाल मुम्बई, दिल्ली र बैंगलोरमा नियमित रुपमा हवाई सेवा दिँदै आएको कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए।

'पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि सरकारले सन् २०२३– २०३३ को अवधिलाई पर्यटन दशकको रुपमा घोषणा गरिसकेको छ। योसँगै निगमको सहभागितामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणको अन्तिम चरणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको अग्रणी भूमिका रहने छ,' अधिकारीले भने।

नेपाल र भारतबीच भौगोलिक निकटता मात्र नभएर जनस्तरमासमेत सामाजिक–सांस्कृतिक सम्बन्ध भएको भन्दै विश्व सम्पदामा सूचीकृत विभिन्न धार्मिक तथा प्राकृतिक सम्पदा र नेपालको प्रमुख कला संस्कृति पर्यटकीय आकर्षणको क्षेत्र रहेको उनले बताए।

कार्यक्रममा निगमको अर्थ विभागका निर्देशक तथा निगमका कानूनी सल्लाहकार वरिष्ठ वकिल तथा पूर्व महान्यायाधिवक्ता सुशील पन्त, सुपरिचत संगीतकार रणजीत गजमेर, १२० भन्दा बढी ट्राभल एजेण्ट, कार्गो एजेन्ट लगायतको सहभागिता रहेको निगमले जनाएको छ।