BIZMANDU
www.bizmandu.com

जिउँदो कुखुरा बोक्ने खोरमा मासु ढुवानी, पसल, होटल, रेष्टुरेन्ट र बर्गर हाउससम्म पुर्‍याइन्थ्यो

२०७९ कात्तिक ६

जिउँदो कुखुरा बोक्ने खोरमा मासु ढुवानी, पसल, होटल, रेष्टुरेन्ट र बर्गर हाउससम्म पुर्‍याइन्थ्यो
जिउँदो कुखुरा बोक्ने खोरमा मासु ढुवानी, पसल, होटल, रेष्टुरेन्ट र बर्गर हाउससम्म पुर्‍याइन्थ्यो


काठमाडौ । जिउँदो कुखुरा बोक्न खोर बनाइएको गाडीमा कुखुराको मासु ढुवानी हुने गरेको पाइएको छ।

Tata
Global Ime

शनिबार काठमाडौं महानगरको अनगुमन टोलीले चुच्चेपाटीमा ढुवानीकै खोरमा मासु ढुवानी गरेको भेटेको हो। दोलखाली कोल्ड स्टोरको गाडी (प्र. ३- ०१, ०२३ च २३८७) मा  २ सय वटा भुत्ला फालेर बिक्रीका लागि तयार पारिएका सिंगै कुखुरा भेटिएको हो।

चालक भुवन गुरुङका अनुसार गाडीमा मासुबाहेक २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र ७ केजी पाङ्ग्रा थिए। टाउको, पाङ्ग्रा र कलेजो क्यारेटमा राखिएको थियो। मासुजन्य खाद्यवस्तुहरु खुल्ला र असुरक्षित रुपमा ओसारपसार गरिएको भेटिएको थियो।

पक्राउ परेपछि चालकले उनका मालिक कुवीर सुनारलाई बोलाए। थाहा पाएको करिब २० मिनेटपछि सुनार त्यहाँ आइपुगे। अनुगमन टोलीले अस्वस्थकर ढुवानीका विषयमा सोधेको प्रश्नको उत्तरमा सुनारले आफूसँग कोल्डचेन मेन्टेन भएको गाडी भएको, हिजोसम्म त्यही गाडीमा ढुवानी गर्ने गरेको, हिजो नै गाडी दुर्घटनामा परेकोले शनिबार त्यसरी ढुवानी गर्नुपरेको बताएका थिए।

सुनारका अनुसार कपनको दोलखाली फ्रेस हाउसबाट लगिएको यो मासु होटल, रेष्टुरेन्ट, मासु पसल र केही बर्गर हाउसमा वितरण गर्ने तयारी थियो। 

अनुगमन टोलीका संयोजक डा. अवधेश झाका अनुसार यसरी भेटिएको मासु बिक्रीमा रोक लगाइएको छ। महानगरले पशु सेवा विभागलाई पत्राचार गरेर परीक्षण गराउँछ । त्यसका आधारमा कारबाही प्रक्रिया अघि बढाउँछ।