BIZMANDU
www.bizmandu.com

इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभा मंसिर १० गते, ९० करोड ९४ लाख रुपैयाँ नगद बाँड्ने

२०७९ कात्तिक ६

इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभा मंसिर १० गते, ९० करोड ९४ लाख रुपैयाँ नगद बाँड्ने
इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभा मंसिर १० गते, ९० करोड ९४ लाख रुपैयाँ नगद बाँड्ने


काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर १० गते वार्षिक साधारणसभा गर्ने भएको छ।

Tata
Global Ime

पूर्वाधार क्षेत्रमा लगानी गर्न स्थापना भएको बैंकले साधारणसभाबाट लाभांश पारित गर्ने छ। बैंकले गत वर्षको नाफाबाट ४.२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ। लगानीकर्ताले ९० करोड ९४ लाख रुपैयाँ नगद लाभांश पाउने छन्।

सभाले वार्षिक प्रतिवेदन पारित गर्ने छ। यसपालि संचालक निर्वाचनलगायत कुनै पनि कार्यक्रम छैन। बैंकले अन्य विशेष प्रस्तावलाई पनि एजेण्डा बनाएको छैन।