BIZMANDU
www.bizmandu.com

एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्न साधारणसभा डाक्यो, कात्तिक १५ गते बुक क्लोज गर्ने

२०७९ कात्तिक ६

एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्न साधारणसभा डाक्यो, कात्तिक १५ गते बुक क्लोज गर्ने
एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्न साधारणसभा डाक्यो, कात्तिक १५ गते बुक क्लोज गर्ने


Tata
Global Ime

काठमाडौं। एनसीसी बैंकले मर्जर र गत आर्थिक वर्ष प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा डाकेको छ। कम्पनीको २५ औं साधारणसभा मंसिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ।

बैंकले गत आवका लागि प्रस्ताव गरेको चुक्ता पुँजीको ११ प्रतिशत लाभांश सभाले अनुमोदन गर्ने एजेन्डा छ। जसमध्ये बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद हो। सभामा संचालक समितिको वार्षिक प्रतिवेदन र वासलात नाफा नोक्सान बारे पनि छलफल हुनेछ।

विशेष प्रस्तावतर्फ सभाले मर्जरका लागि संचालकले गठन गरेको समितिको कार्य अनुमोदन गर्ने, नयाँ मर्जर समिति बनाउने, डीडीए गराउने लगायतको अख्तियारी दिँदैछ।

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक एक आपसमा मर्जरमा जान प्रारम्भिक सम्झौता भइसकेको छ। सम्झौता अनुसार बैंक बराबरी हैसियतमा गाभिँदै छन्।

साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गर्ने जनाएको छ। जस अनुसार कात्तिक १४ सम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य मानिनेछन्।