BIZMANDU
www.bizmandu.com

सानिमा बैंकको लाभांश ह्‍वात्तै घट्यो, अघिल्लो वर्ष १८% दिएकोमा अहिले ११% मात्र दिने

२०७९ कात्तिक ६

सानिमा बैंकको लाभांश ह्‍वात्तै घट्यो, अघिल्लो वर्ष १८% दिएकोमा अहिले ११% मात्र दिने
सानिमा बैंकको लाभांश ह्‍वात्तै घट्यो, अघिल्लो वर्ष १८% दिएकोमा अहिले ११% मात्र दिने

काठमाडौं। अघिल्लो वर्ष १८ प्रतिशत लाभांश बाँडेको सानिमा बैंकको प्रतिफल यस पटक ह्वात्तै घटेको छ। बैंकले गत आर्थिक वर्षका लागि १०.९८ लाभांश दिने घोषणा गरेको छ।

Tata
Global Ime

बैंकको संचालक समितिले गत आवको नाफाबाट कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो। यस्तै, कर तिर्न ०.९८ प्रतिशत नगद पनि दिँदै छ।

लाभांशको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभा र नियामक राष्ट्र बैंकबाट पारित भएपछि सेयरधनीले पाउँछन्।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँ छ। यसको १० प्रतिशत बोनस वितरण पछि चुक्ता पुँजी १२ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ।

लाभांश घोषणा हुँदै गर्दा बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बाक्लो देखिन्छ। बैंकको सेयर प्रति कित्ता ५ रुपैयाँका दरले बढिसकेको छ।