BIZMANDU
www.bizmandu.com

सिटिजन लाइफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक, बीमितले प्रतिहजार २५ देखि ७३ रुपैयाँ पाउने

२०७९ कात्तिक ६

सिटिजन लाइफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक, बीमितले प्रतिहजार २५ देखि ७३ रुपैयाँ पाउने
सिटिजन लाइफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक, बीमितले प्रतिहजार २५ देखि ७३ रुपैयाँ पाउने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले  आर्थिक वर्ष २०७७/ ७८ को लागि बोनस दर सार्वजनिक गरेको छ।

Tata
Global Ime

आर्थिक वर्ष २०७७/७८ को जीवनबीमा कोषको बीमाङ्कीय मूल्यांकन प्रतिवेदन बीमा समितिबाट कात्तिक ४ गते स्वीकृत भएपछि नयाँ बोनस दर जारी गरेको कम्पनीले जनाएको छ।

कम्पनीले ५ वटा बीमालेखहरुमा प्रतिहजार २५ रुपैयाँदेखि ७३ रुपैयाँ बोनस दर कायम गरेको छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि ४४ रुपैयाँ तोकेको छ। १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४९ रुपैयाँ २० देखि २४ वर्ष अवधिको लागि ४४ रुपैयाँ बोनस दर छ।

सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ बोनस दिएको छ। १४ वर्ष अवधिलाई ४२ रुपैयाँ, १५ देखि १९ वर्षको अवधिलाई ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिलाई ५० रुपैयाँ, २५ वर्षदेखि २९ वर्षसम्मलाई ६३ रुपैयाँ र ३० वर्ष वा सो भन्दा माथिको अवधिलाई प्रतिहजार ७३ रुपैयाँ तोकिएको छ।

सिटिजन शुभारम्भ योजना (सावधिक प्लस )मा ९ वर्ष सम्मको अवधिलाई ३५ रुपैयाँ, १० देखि १४ वर्ष लाई ३८ रुपैयाँ, १५ देखि १९ वर्षलाई ४० रुपैयाँ, २० देखि २४ वर्षलाई ४५ रुपैयाँ, २५ देखि २९ वर्षलाई ६० रुपैयाँ र ३० भन्दा माथि अवधिलाई ७० रुपैयाँ बोनस पाउने भएका छन्।

वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि २५ रुपैयाँ छ। १४ वर्ष अवधिसम्मको लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३० रुपैयाँ र २० वा सो भन्दा माथिको अवधिलाई ३५ रुपैयाँ बोनस दर दिने भएको छ।

सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) मा ९ वर्ष अवधिसम्मको लागि ३७ रुपैयाँ बोनस दर छ। १४ वर्ष सम्मका लागि ३८ रुपैयाँ १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, २९ वर्षसम्मका लागि ५७ रुपैयाँ र ३० वर्ष वा सो भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दर तोकिएको कम्पनीले जनाएको छ।