BIZMANDU
www.bizmandu.com

इलेक्ट्रिक स्कुटर ‘क्यापाचिनो एस’ नेपाली बजारमा, फुल चार्जमा १४० किमि, मूल्य ४.२९ लाख

२०७९ कात्तिक ६

इलेक्ट्रिक स्कुटर ‘क्यापाचिनो एस’ नेपाली बजारमा, फुल चार्जमा १४० किमि, मूल्य ४.२९ लाख
इलेक्ट्रिक स्कुटर ‘क्यापाचिनो एस’ नेपाली बजारमा, फुल चार्जमा १४० किमि, मूल्य ४.२९ लाख


काठमाडौं। इलेक्ट्रिक स्कुटर 'क्यापाचिनो एस' नेपाली बजारमा आएको छ। जम्बो मोटर्सले यो इलेक्ट्रिक स्कुटर आइतबार नक्सालको शोरुमबाट बिक्री सुरुको घोषणा गरेको हो।

Tata
Global Ime

उक्त स्कुटरको मूल्य ४ लाख २९ हजार रुपैयाँ तोकिएको छ। क्यापाचिनो एसलाई एकपटकको फुल चार्जमा १४० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ।

यसमा ५५ एम्पीयर ७२ भोल्टको लिथियम आयन ब्याट्री दिइएको छ। यसमा ६ किलोवाट पिक क्षमताको मोटर प्रयोग गरिएको छ। यो स्कुटरको टप स्पीड क्षमता भने ८० किलोमिटर प्रतिघन्टा छ।

यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको फुल डिजिल डिस्प्ले छ। साथै कीलेस स्टार्ट, एलइडी लाइट्स, डबल डिस्क ब्रेक, सिबिसी ब्रेकिङ जस्ता फिचरहरु उपलब्ध छन्। यसको उत्पादक चीनियाँ कम्पनी हो।