BIZMANDU
www.bizmandu.com

तिहारलाई हरियो बनेर स्वागत गरेको सेयर बजार अब एक साता नखुल्ने, छठपछि मात्रै हुनेछ कारोबार

२०७९ कात्तिक ६

काठमाडौं। सेयर बजार अब सात दिनपछि मात्र खुल्ने भएको छ। तिहार बिदा हुनुअघिल्लो दिन हरियो भएको बजार अब छठ मनाएपछि मात्र खुल्ने भएको हो।

Tata
Global Ime

आइतबार अन्तिम कारोबार भएर बन्द भएको सेयर बजार कात्तिक १४ गतेबाट मात्रै खुल्ने छ। 

चाडपर्वको माहोलले सेयर बजारमा लगानीकर्ताको उपस्थिति पातलो भएपनि हरियो भएर बन्द भएको थियो। बजार १४.३५ अंक बढेर बन्द भएको हो।

दिनभरीमा जम्मा ५१ करोड ६८ लाख रुपैयाँको मात्र कारोबार भएको छ।