BIZMANDU
www.bizmandu.com

इसेवा मनी ट्रान्सफर र युएईको इमिरेट्स इण्डियाबीच रेमिटेन्स भुक्तानी सम्झौता, पैसा पठाउन सहज

२०७९ कात्तिक ६

इसेवा मनी ट्रान्सफर र युएईको इमिरेट्स इण्डियाबीच रेमिटेन्स भुक्तानी सम्झौता, पैसा पठाउन सहज
इसेवा मनी ट्रान्सफर र युएईको इमिरेट्स इण्डियाबीच रेमिटेन्स भुक्तानी सम्झौता, पैसा पठाउन सहज


काठमाडौं। इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्सको इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै युएईमा स्थायी तथा कामको शिलशिलामा बसोबास गर्दै आएका नेपालीहरुले इमिरेट्स इण्डियाको अबुधाबी, सारजाह लगायतका स्थानमा रहेका ३३ वटा शाखाबाट डिजिटल माध्यमबाट रेमिटेन्स पठाउन सकिने कम्पनीले जनाएको छ।

Tata
Global Ime

इमिरेट्स इण्डिया मार्फत नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सकिने बताइएको छ। यसका साथै इमिरेट्स इण्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरि इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ। भविष्यमा कम्पनीको मोबाइल एपबाट पनि यो सेवा उपलब्ध गराउने योजना कम्पनीको छ।

हाल इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान जारी रहेकाले इमिरेट्स इन्डियाको माध्यम हुँदै युएईबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म हरेक महिना एक जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौंमा घर समेत जित्न सक्ने कम्पनीले जनाएको छ।

इमिरेट्स इण्डिया मार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई नगद रेमिटेन्स पनि पठाउन सकिनेछ। जसलाई नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजारभन्दा धेरै एजेन्ट नेटवर्कको सञ्जालबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। साथै, इमिरेट्स इण्डिया मार्फत आएको नगद रेमिटेन्स आफ्नो इसेवा वालेट्मा प्राप्त गर्दा सेवाग्राहीले थप २०० रुपैयाँ बोनस समेत पाउने बताइएको छ। मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सकिन्छ।

रेमिटेन्स भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र इमिरेट्स इण्डियाका तर्फबाट जनरल म्यानेजर अली मोहम्मद एलम्रानीले हस्ताक्षर गरेका छन्।

‘युएई नेपालीहरुको प्रमुख रोजगार गन्तव्य भएकाले इमिरेट्स इण्डिया जस्तो पहिलादेखि नै स्थापित अन्तर्राष्ट्रिय एक्सचेञ्ज कम्पनीसँग रेमिटेन्स साझेदारी गर्न पाउँदा एकदमै उत्साहित छौं। साथै, अनलाइन माध्यमबाट डिजिटल रेमिटेन्स सेवा उपलब्ध भएकाले पनि सेवाग्राहीहरुलाई यस माध्यमबाट नेपालमा रेमिटेन्स पठाउन थप सहजता मिल्ने कुरामा पनि हामी विश्वस्त छौं,’ सीइओ कोइरालाले भने।