BIZMANDU
www.bizmandu.com

हुवासिन सिमेन्टले पायो सबैखाले गुणस्तर चिन्ह, अब आक्रामक रुपमा बजार विस्तार गर्ने

२०७९ कात्तिक ७

काठमाडौं। हुवासिन सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागबाट सबैखाले गुणस्तर चिन्ह पाएको छ। विभागले आइतबार पीपीसी र ओपीसी सिमेन्टमा ४३ ग्रेडको मान्यता दिएको हो ।

Tata
Global Ime

यसअघि हुवासिनले ५३ ग्रेडमा पीपीसी र ओपीसी सिमेन्टको गुणस्तर चिन्ह पाएको थियो। आइतबार ४३ ग्रेडको ओपीसी र पीपीसीको ४३ ग्रेडमा ‍प्रमाणपत्र पाएको कम्पनीका उपमहानिर्देशक डिल्लीराज पोखरेलले बताए। ‘हुवासिनले सबैखाले गुणस्तर चिन्ह पाएको छ, अब आक्रामक तरिकाले बजार विस्तारमा जान्छौं,’ उनले भने।

उनका अनुसार हाल कम्पनीले धेरै कम्पनीहरुलाई क्लिंकर बिक्री गरिरहेको छ। सिमेन्ट व्यापारमा मन्दी आउँदा भने कम्पनीलाई केही असहज भएको छ। कम्पनीले सिमेन्ट बजार मूल्यभन्दा सस्तोमा बिक्री गर्ने योजना बनाएको छ।

गुणस्तर चिन्ह पाएसँगै कम्पनीले देशैभरी आक्रामक तरिकाले बजार विस्तारको योजना बनाएको छ। कम्पनीले पहिलो बजारको रुपमा काठमाडौंलाई लिएको छ। धादिङमा रहेको उद्योगको दुरीका हिसाबले काठमाडौं नजिक पर्ने भएकाले कम्पनीको मुख्य ध्यान उपत्यकाको निर्माण सामाग्री बजारमा छ।    

गुणस्तर विभागले सिमेन्टको गुणस्तर परीक्षण गरेर एनएस चिह्न दिएको हो। उद्योगले गत मंसिरमा एनएसका लागि आवेदन दिएको थियो। आवेदन अनुसार गुणस्तर प्रमाणपत्र उद्योगलाई दिने निर्णय भइसकेको विभागकी प्रवक्ता ज्योति जोशी भट्टले जानकारी दिइन।

उद्योगले ओपीसी सिमेन्ट ६ सय ४० रुपैयाँमा र पीपीसी सिमेन्ट ५ सय ४० रुपैयाँमा बिक्री गरिरहेको छ।