काठमाडौं। भारतको चर्चित इलेक्ट्रिक ब्रान्ड ओलाले सन् २०२३ सम्म बाइक ल्याउने भएको छ।
कम्पनीका अनुसार यसले इलेक्ट्रिक बाइक निर्माण गरिरहेको जनाएको छ। यसभन्दा अघि कम्पनीले इभी स्कुटर मात्र निर्माण गरिरहेको थियो। यसको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा समेत बुकिङ खुल्ला गरिएको छ।
कम्पनीले मास, मिड सेगमेन्ट र प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो उपस्थिति कायम गर्ने लक्ष्य राखेको छ।
कम्पनीले बेङ्गलुरुमा रहेको ओला इलेक्ट्रिकको प्लान्टमा निर्माण गर्ने भएको छ। साथै कम्पनीले २०२४ सम्म कारहरूमा प्रवेश गर्ने बताएको छ। कम्पनीले २०२४ सम्ममा तमिलनाडु प्लान्टमा अवस्थित उत्पादन क्षमता बढाउन मद्दत गर्न नयाँ योजनाहरू तयार गर्ने वा थप्ने विचार छ। हालको उत्पादन क्षमता यस इकाईबाट वार्षिक १० लाख युनिट छ।
ओलाले काम गर्ने आक्रामक शैलीलाई कायम राख्दै इभी निर्माताले ६ महिनामा हालको २० देखि ५० प्रान्तमा तीनसय सर्भिस सेन्टर थपेर सेवा पूर्वाधार विस्तार गर्ने योजना बनाएको छ ।
ओलाले आफ्नो ठूलो बजार भारतमा ओला स्कुटर लञ्च गरिसकेको छ। हालसालै लञ्च गरेको उक्त ओला एस १ एयर स्कुटर कम्पनीको सबै भन्दा सस्तो प्रोडक्ट हो।