BIZMANDU
www.bizmandu.com

एमजीद्वारा आगामी वर्ष सस्तो इलेक्ट्रिक गाडी ल्याउने घोषणा, टियागो इभीभन्दा सस्तो हुने दाबी

२०७९ कात्तिक १३

एमजीद्वारा आगामी वर्ष सस्तो इलेक्ट्रिक गाडी ल्याउने घोषणा, टियागो इभीभन्दा सस्तो हुने दाबी
एमजीद्वारा आगामी वर्ष सस्तो इलेक्ट्रिक गाडी ल्याउने घोषणा, टियागो इभीभन्दा सस्तो हुने दाबी


काठमाडौं। एमजी मोटरको भारतीय कम्पनीले टाटाको टियागोभन्दा सस्तो इभी ल्याउने तयारी गरेको छ। कम्पनीले एमजी सिटी तथा एयर इभी आगामी वर्ष सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। 

Tata
Global Ime

यो इभी धेरै मात्रामा स्थानीयकरण हुने पनि कम्पनीको भनाइ छ। कम्पनीले यसको मूल्य टियागो इभीको भन्दा कम हुने दाबी गरेको छ। कम्पनीका अनुसार यो नयाँ मोडल बुलिङ एयरमा आधारित कम्प्याक्ट टु-डोर सिटी कार हुनेछ।

कम्पनीले यसलाई २० किलोवाट र ३० किलोवाट क्षमताको ब्याट्री प्याकमा ल्याउने जनाएको छ। यसमा रहेको उक्त ब्याट्री प्याकले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्मको माइलेज रेन्ज दिनेछ। यसमा फ्रन्ट ह्वील ड्राइभ सेटअप गरिएको छ।

नयाँ मोडलको लन्चको दौडमा कम्पनीले गुजरातको प्लान्टमा आफ्नो उत्पादन क्षमतालाई पनि बढाउने योजना बनाएको छ। उक्त प्लान्टमा हाल वार्षिक ६० हजार युनिट उत्पादन क्षमतालाई १ लाख २५ हजार युनिट पुर्‍याएको छ।

कम्पनीका अनुसार लामो समयसम्म आयातमा निर्भरता कम गर्न भारतमा इभी उत्पादनहरु स्थानीयकरण गर्न आवश्यक रहेको र स्थानीय रूपमा उत्पादन गरिएको ब्याट्री प्याक प्रयोग गर्न राम्रो बिन्दु हो। एमजीले पनि टाटाकै अटोकम्प कम्पनीबाट ब्याट्री प्याक प्रयोग गर्ने जनाएको छ।

कम्पनीका अनुसार यस एयर इभीमा धेरै सुविधाहरूले भरिएको हुनेछ। इन्फोटेनमेन्ट र इन्स्ट्रुमेन्टको लागि डुअल १०.२५ इन्च स्क्रिन लेआउटमा उपलब्ध हुनेछ। कम्पनीले यो गाडी सहर केन्द्रित हुने जनाएको छ।

यसको सुरुवाती मूल्य भारु १० लाख हुने अनुमान कम्पनीले गरेको छ।