BIZMANDU
www.bizmandu.com

मस्कको ट्‍वीटर डिलअघि १५०% भन्दा बढी उक्लियो क्रिप्टोकरेन्सी डजकोइन, आखिर किन?

२०७९ कात्तिक १३

मस्कको ट्‍वीटर डिलअघि १५०% भन्दा बढी उक्लियो क्रिप्टोकरेन्सी डजकोइन, आखिर किन?
मस्कको ट्‍वीटर डिलअघि १५०% भन्दा बढी उक्लियो क्रिप्टोकरेन्सी डजकोइन, आखिर किन?


काठमाडौं। इलन मस्कले गत बिहीबार प्रभावशाली सामाजिक सञ्जाल ट्‍वीटर खरिद प्रक्रियालाई औपचारिकता पुरा गरेलगत्तै क्रिप्टोकरेन्सी डजकोइनको मूल्यले ८१ प्रतिशतको फड्को मारेको छ।

Tata
Global Ime

मस्कले गत साता ट्‍वीटर खरिदका लागि ४४ अर्ब डलरको सम्झौता गरेका थिए। मस्कले ट्‍वीटर किन्ने प्रक्रियालाई औपचारिकता दिनुभन्दा झन्डै दुई दिन अघि बढ्न सुरु भएको डजकोइनको मूल्य शनिबारसम्म १५० प्रतिशतभन्दा बढी उक्लिसकेको थियो। 

यो हप्ताको सुरुवातदेखि नै मस्क ट्‍वीटर खरिद गर्ने प्रकियाको नजिक पुगेको संकेतहरू आइरहेको थियो। द वाल स्ट्रीट जर्नलले रिपोर्ट गरे अनुसार बैंकहरूले सम्झौतालाई समर्थन गर्दै पैसा पठाउन थालेका थिए। ०.०५९ अमेरिकी डलरमा किनबेच हुँदै गरेको डजकोइन शनिबार ०.१५ डलरको उच्चतम मूल्यमा किनबेच भएको हो। 

कोरोबार बन्द हुँदा ०.१२ डलरमा अन्तिम कारोबार भएको थियो। आइतबार मात्रै मूल्य ४० प्रतिशत बढेको छ। आज ०.१४३ डलरसम्म कारोबार भएकफ सो क्रिप्टो हाल ०.१२५ मा किनबेच हुँदैछ।

विशेषगरी क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सले ब्लकचेन र क्रिप्टो ट्विटरलाई कसरी सहयोगी हुन सक्छ भन्ने बारेमा दिमागी रणनीति बनाइ मस्कलाई प्रभावित बनाउन चाहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। बिनान्स स्वयमंले ट्‍वीटरको खरिदमा मस्कलाई ५० करोड अमेरिकी डलर सहयोग गरेको छ।

ट्‍वीटरले बिटक्वाइनका प्रवक्ता भएका सह-संस्थापक र पूर्व सीइओ ज्याक डोर्सीको नेतृत्वमा ब्लकचेन प्रविधि समावेश गर्ने तरिकाहरू खोज्न थालिसकेको पनि बताइएको छ। मस्कले यही महिना ट्‍वीट गर्दै 'एभरीथिङ एप' निर्माण गर्न ट्‍वीटर किन्ने योजना बनाएको उल्लेख गरेका छन्।

जसले प्रयोगकर्ताहरूलाई म्यासेज मात्र नभएर भुक्तानी गर्ने सेवा समेत उपलब्ध गराउने गर्छ। अनलाइन किनमेल र ट्याक्सी बुकिङ जस्ता सुविधा यस एपले दिन्छ। 'एभरीथिङ एप'को आइडिया एसियामा वीच्याट जस्ता कम्पनीहरूबाट सुरु भएको हो। 

यस्तै, मस्कको लोकप्रिय विद्युतीय गाडी टेस्लाले यस वर्षको सुरुवातदेखि भुक्तानको रूपमा डजकोइन पनि स्वीकार गर्न थालेको छ। मस्कले भर्खरै सुरु गरिएको परफ्युम ब्रान्ड पनि डजकोइनबाट किन्न सकिन्छ।

क्रिप्टोकरेन्सीका समर्थक मस्कको अभिव्यक्त्तिले बेला बखत डजकोइन र बिटकोइन जस्ता क्रिप्टोको मूल्य प्रभावित हुने गरेको छ। उनले  टेस्ला बिटकोइनमार्फत समेत खरिद गर्न मिल्ने बताए लगत्तै बिटकोइनको मूल्य उचालिएको थियो। 

मस्क स्वयंले करिब २ अर्ब डलर बराबरको बिटकोइन खरिद गरेका थिए। तर पछि सो क्रिप्टोको मूल्य अस्वाभाविक रूपमा घट्न थालेपछि उनले ठूलो मात्रामा बिटकोइन बिक्री गरी उम्किएका थिए। यस्तै, बिटकोइनमार्फत टेस्लाको खरिद पनि केही समय रोकिएको थियो।