BIZMANDU
www.bizmandu.com

हुन्डाईले हाइड्रोजन फ्युलबाट चल्ने एक्साभेटर बनाउँदै, कार्बन उत्सर्जन कम गर्न सघाउ पुग्ने

२०७९ कात्तिक १३

काठमाडौं। हुन्डाईले हाइड्रोजन फ्युलबाट चल्ने एक्साभेटर बनाउने भएको छ। हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट (एचसीई) ले हाइड्रोजन फ्युलबाट चल्ने एचडब्ल्यु १५५ एच मोडलको एक्साभेटरको कन्सेप्ट सार्वजनिक गरेको हो।

Tata
Global Ime

एचसीई उत्पादन प्रबन्धक स्टेफन श्विलका अनुसार उक्त एक्साभेटर सन् २०२५/२६ सम्ममा व्यावसायिक रूपमा उपलब्ध हुन सक्छ। उनले यसलाई शहरी क्षेत्रमा निर्माण गरिने कन्स्ट्रक्सनको काममा प्रयोग गरिने बताए। यसले शहरी वातावरण तथा कार्वन उत्सर्जन कम गर्न मद्दत गर्ने उनको भनाइ छ। यो १४ टनको एक 'पप्लर' मोडेल हो।

मेसिनमा हाइड्रोजन फ्युल सेल जडान गरिएको छ। यसले शून्य टेलपाइप उत्सर्जनसँग सञ्चालन गर्न विद्युतीय शक्ति प्रदान गर्दछ। मेसिनलाई १० मिनेटमा चार्ज गर्न सकिन्छ।

हुन्डाई मोटर्सले हाइड्रोजनबाट चल्ने आईएक्स ३५ र हालसालै नेक्सो प्यासेन्जर कारलाई चार वर्षभन्दा बढी समयका लागि प्रस्ताव गरेको छ। जर्मनीमा एब्ससीएन्ट फ्युल सेलबाट चल्ने हेभी ट्रकहरूको परीक्षण गरिरहेको छ।

श्विलले ठूला मेसिनहरूको लागि हाइड्रोजन ब्याट्री इलेक्ट्रिक मोडेलहरू भन्दा बढी उपयुक्त इन्धन स्रोत हुन सक्ने बताउँछन्।

इन्धन सेल हावामा रहेको भण्डारण हाइड्रोजन र अक्सिजन बीचको रसायनिक प्रतिक्रियामा निर्भर गर्दछ। इन्धन सेल स्ट्याकले यस प्रतिक्रियाबाट विद्युत ऊर्जा उत्पन्न गर्दछ। इन्भर्टरले यो ऊर्जालाई प्रयोगयोग्य विद्युतीय शक्तिमा रूपान्तरण गर्दछ। यो हाइड्रोलिक पम्प चलाउन प्रयोग गरिन्छ।