BIZMANDU
www.bizmandu.com

एक साता लामो बिदापछि आज सेयर बजार खुल्दै, यी हुन् तीन सयभन्दा कम मूल्यका सेयर भएका बैंक

२०७९ कात्तिक १४

काठमाडौं। एक साता लामो बिदापछि आजदेखि सेयर बजार खुल्दैछ। गत आइतबार कारोबार भएर बन्द भएको बजार तिहार तथा छठ पर्वको बिदा सकिएसँगै आजदेखि खुल्न लागेको हो। 

Tata
Global Ime

गत आइतबार बजार १४.३५ अंकले बढेर बन्द भएको थियो। बजार लाभांश मुडमा भएकाले बैंकहरुको सेयरमा खरिदकर्ताको आकर्षण छ। गत आइतबार एभरेष्ट बैंक, नबिल बैंक, एनएमबी बैंक, गरिमा विकास बैंकको सर्वाधिक कारोबार भएको थियो।

धितोपत्र बजारमा चुक्ता पुँजीको हिसाबले ठूला मानिएका केही वाणिज्य बैंकको सेयर मूल्य यतिबेला प्रति कित्ता ३०० रुपैयाँभन्दा पनि कम छ।

गत आइतबारको कारोबारका आधारमा सिटिजन्स बैंकको अन्तिम कारोबार मूल्य १८९, लक्ष्मी बैंकको १९८, माछापुच्छ्रे बैंकको २२२, एनएमबि बैंकको २३७ र प्राइम बैंकको सेयर मूल्य २२५ रुपैयाँ छ।

यस्तै सानिमा बैंकको सेयर मूल्य प्रति कित्ता २६३ रुपैयाँ छ भने नेपाल एसबीआइ बैंकको २६७, सनराइज बैंकको २०४ र प्रभु बैंकको अन्तिम कारोबार मूल्य प्रति कित्ता २०४ रुपैयाँ छ।

यस्तै विकास बैंकमा ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रति कित्ता २३१, ज्योति विकास बैंकको २७०, कर्णाली डेभलपमेन्ट बैंकको २१४, सांग्रिला डेभलपमेन्ट बैंकको २८३, सप्तकोसी डेभलपमेन्ट बैंकको २१०, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २८० र सिन्धु विकास बैंकको अन्तिम कारोबार मूल्य २५७ रुपैयाँ छ।