BIZMANDU
www.bizmandu.com

तीन महिनामा २ अर्ब रुपैयाँको विद्युतीय गाडी आयात, भारतबाट मात्रै ५०० भन्दा बढी भित्रिए

२०७९ कात्तिक १४

काठमाडौं। यो आर्थिक वर्षको तीन महिनाको अवधिमा २ अर्ब बराबरको ७०५ वटा विद्युतीय गाडी आयात भएका छन्। भन्सार विभागको तथांक अनुसार तीन महिनामा २ अर्ब ५० लाख बराबरको ७०५ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका हुन्।

Tata
Global Ime

यसबाट सरकारले भन्सार शुल्क मात्र ६२ करोड रुपैयाँ संकलन गरेको छ।

तथांक अनुसार तीन महिनामा भारतबाट सबै भन्दा धेरै ५०२ युनिट विद्युतीय सवारी साधान आयात भएका छन्। गत वर्ष सबै भन्दा धेरै चीनबाट विद्युतीय गाडीहरु नेपाल आयात हुने गरेका थिए। भारतबाट सबैभन्दा धेरै टाटा कम्पनीका गाडीहरु आयात हुने गरेका छन्।

यस्तै दोस्रोमा कोरियाबाट आयात भएका छन्। कोरियाबाट १२० युनिट आयात भएका छन्। कोरियाबाट किया र हुन्डाईको विद्युतीय गाडी नेपाल आयात हुने गरेका छन्।

यसैगरी चीन बाट ७९ र अमेरिका बाट ४ युनिट गाडी आयात भएका छन्।

इन्धन सवारी साधानमा भने ६ महिनादेखि सरकारले आयात प्रतिबन्ध लगाएको छ। यउक्त प्रतिबन्ध मंसिर मसान्तसम्म लागु गरिएको छ।