BIZMANDU
www.bizmandu.com

हिरोको ‘प्लेजर प्लस प्लाटिनम’ स्कुटरमा के छ विशेषता ? हाल नेपालमा यसको मूल्य कति पर्छ?

२०७९ कात्तिक १४

हिरोको ‘प्लेजर प्लस प्लाटिनम’ स्कुटरमा के छ विशेषता ? हाल नेपालमा यसको मूल्य कति पर्छ?
हिरोको ‘प्लेजर प्लस प्लाटिनम’ स्कुटरमा के छ विशेषता ? हाल नेपालमा यसको मूल्य कति पर्छ?


काठमाडौं। नेपालमा हिरोको आधिकारिक बिक्रेता एनजीएमले नयाँ गो बोल्ड गो ब्ल्याक प्लेजर प्लस प्लाटिनम स्कुटर बिक्री गर्दै आएको छ। यो स्कुटर नेपालमा दुई वर्ष अघि बिक्री सुरु गरिएको थियो।

Tata
Global Ime

हिरोले यस स्कुटरमा धेरै स्थानमा क्रोम फिनिसिङ दिएको छ। यसमा क्रोम ह्यान्डलबार इन्ड, क्रोम फिनिस मिरर, पिलियन व्याकरेस्ट, क्रोम साइड गार्निस, क्रोम साइलेन्सर प्रोटेक्टर, क्रोम हेडल्याम्प बार, क्रोम थ्रीडी लोगो फ्रन्ट फेन्डर, क्रोम फेन्डर स्ट्राइप दिएको छ।

यो स्कुटरमा ११०.९ सीसी सिंगल सिलिन्डर इन्जिन छ। यो इन्जिनले ७००० आरपीएममा ८ हर्स पावर र ५५०० आरपीएममा ८.७ एनएम टर्क जेनेरेट गर्छ।

यसैगरी यसमा क्लासिक ड्युल टोन सिट, प्रिमियम ब्राउन फिनिस, मोबाइल चार्जर, फ्रन्ट लगेज पकेट, आइबीएस ब्रेक, ट्युवलेस टायर, रेट्रो हेडल्याम्प, स्पोर्टी तेल ल्याम्प, ठूलो बुट स्पेस, बुट ल्याम्प, साइड स्ट्यान्ड इन्डिकेटर जस्ता फिचरहरु छन्।

यस्तै यसमा १२३८ एमएमको ह्वीलवेसको टायर र १५५ एमएमको ग्राउन्ड क्लिरियन्स उपलब्ध रहेको छ। साथै दुबै टायर ट्युबलेस रहेको छ। यसमा ४.८ लिटर क्षमताको फ्युल ट्यांक छ।

हाल यसको यसको मूल्य २ लाख ५ हजार रुपैयाँ तोकिएको छ।