BIZMANDU
www.bizmandu.com

एनसीसी बैंकद्वारा लाभांश प्रस्तावसहित साधारणसभा आह्‍वान, बोनस सेयर हालसम्मकै कम

२०७९ कात्तिक १४

एनसीसी बैंकद्वारा लाभांश प्रस्तावसहित साधारणसभा आह्‍वान, बोनस सेयर हालसम्मकै कम
एनसीसी बैंकद्वारा लाभांश प्रस्तावसहित साधारणसभा आह्‍वान, बोनस सेयर हालसम्मकै कम


काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लाभांश वितरण गर्ने विशेष प्रस्तावसहित २५ औं वार्षिक साधारणसभा आह्‍वान गरेको छ।

Tata
Global Ime

बैंकको कात्तिक ४ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार मंसिर २ गते शुक्रबारका लागि सभा आह्वान गरिएको हो। सभा कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेबाट हुनेछ। 

सभामा संचालक समितिले प्रस्ताव गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए बमोजिम चुक्ता पुँजी ११ अर्ब १३ करोडको ३.३६ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख बराबरको बोनस सेयर वितरणको प्रस्ताव पारित गरिने छ। कम्पनीले वितरण गर्ने लागेको बोनस ८ वर्ष यताकै कम हो।

बैंकले आर्थिक वर्ष २०६८/६९ मा ५, २०७०/७१ मा ३८, २०७१/७२ मा १६, २०७४/७५ र २०७५/७६ मा १५-१५, २०७६/७७ मा १०.२६ र २०७७/७८ मा ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै गत आर्थिक वर्षका लागि बैंकले बोनस सेयर घटाए पनि नगद लाभांश बढाएको छ। बैंकले गत आर्थिक वर्षका लागि सेयर लगानीकर्तालाई चुक्ता पुँजीको ७.६३ प्रतिशतले हुन आउने ८५ करोड बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।

कम्पनीले बोनस तथा नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो। सो प्रस्ताव आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले सो लाभांश प्रप्त गर्ने छन्।