BIZMANDU
www.bizmandu.com

सुजुकीले वागन आर, सेलेरियो र इग्निस मोडलका झण्डै १० हजार युनिट नयाँ गाडी फिर्ता लिँदै

२०७९ कात्तिक १४

सुजुकीले वागन आर, सेलेरियो र इग्निस मोडलका झण्डै १० हजार युनिट नयाँ गाडी फिर्ता लिँदै
सुजुकीले वागन आर, सेलेरियो र इग्निस मोडलका झण्डै १० हजार युनिट नयाँ गाडी फिर्ता लिँदै


काठमाडौं। सुजुकीले वागन आर, सेलेरियो र इग्निस मोडल गरी लगभग १० हजार युनिट नयाँ गाडी फिर्ता लिने भएको छ। कम्पनीले अगष्ट ३ देखि सेप्टेम्बर १ को बीचमा उत्पादन भएका ९ हजार ९ सय २५ युनिट वागन आर, सेलेरियो र इग्निस गाडी फिर्ता लिन लागेको जनाएको छ।

Tata
Global Ime

कम्पनीले पछाडिको ब्रेक एसेम्बली पिनमा समस्या आउन सक्ने भन्दै यी गाडीहरु फिर्ता लिन लागेको बताएको छ। यसरी फिर्ता बोलाइने कारहरुको सम्पूर्ण पार्टपूर्जाको सबै निरीक्षण गरी समस्या देखिएको खण्डमा त्यस्ता पार्टपूर्जाको सट्टामा नयाँ पार्टपूर्जा जडान गरिने कम्पनीको भनाइ छ। यसरी पार्टपूर्जा परिवर्तन गर्दा ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन। 

ब्रेक एसेम्बली पिनमा समस्या आउँदा यसले तत्कालै कुनै जोखिम नआउने कम्पनीको दावी छ। तर पछि यसको ब्रेकिङ सिस्टममा समस्या आई दुर्घटना हुनसक्ने भन्दै कम्पनीले यी गाडीहरु फिर्ता लिन लागेको हो। 

नेपालको सन्दर्भमा सरकारले आयातमा लगाएको प्रतिबन्धले उक्त गाडीहरु नेपाल भित्रिएका छैनन्। त्यसैले नेपालमा यसको चिन्ता लिनु नपर्ने बिक्रेताहरु बताउँछन्।