BIZMANDU
www.bizmandu.com

एनसीसी बैंकको सेयर मूल्य समायोजन, मंगलबार कतिमा खुल्ला त कम्पनीको कारोबार ?

२०७९ कात्तिक १४

एनसीसी बैंकको सेयर मूल्य समायोजन, मंगलबार कतिमा खुल्ला त कम्पनीको कारोबार ?
एनसीसी बैंकको सेयर मूल्य समायोजन, मंगलबार कतिमा खुल्ला त कम्पनीको कारोबार ?

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सेयर मूल्य समायोजन गरेको छ।

Tata
Global Ime

नेप्सेले बुधबार कारोबार भएको अन्तिम मूल्य १८४ का आधारमा मूल्य समायोजन गरेको हो।

समायोजन पछि कम्पनीको सेयर मूल्य प्रति कित्ता १७८.०१ पुगेको छ। मंगलबार कम्पनीको पहिलो सेयर कारोबार सोही मूल्यमा खुल्ने छ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.३६६ प्रतिशत बोनस सेयर जारी गर्ने घोषणा गरेको छ। उक्त बोनस सेयर कम्पनीले मंसिर २ गते हुने २५ औं वार्षिक साधारण सभाबाट पारित गर्नेछ।