BIZMANDU
www.bizmandu.com

आइसीएफसी फाइनान्सको ब्याज आम्दानी बढे पनि नाफा ३०% खुम्चियो, तीन महिनाको आम्दानी कति?

२०७९ कात्तिक १५

काठमाडौं। खुद ब्याज आम्दानी ३५ प्रतिशत बढे पनि आइसीएफसी फाइनान्सको नाफा ३० प्रतिशत घटेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सले ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Tata
Global Ime

पोहोर असोजको तुलनामा यो २९.७९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सो अवधिसम्ममा फाइनान्सले ४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

फाइनान्सको फी ताथा कमिसन आम्दानीमा भारी गिरावट आएको छ। झन्डै ४५ प्रतिशतले यस्तो आम्दानी घटेको हो। त्यही खुद ब्याज आम्दानी ३५ प्रतिशत बढेको पाइन्छ। फाइनान्सले १४ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। पोहोर असोजमा मात्र ११ करोड रुपैयाँ कमाएको थियो।

सो अवधिमा फाइनान्सको कर्जा परिचालन सुस्ताएको छ भने निक्षेप संकलनमा पनि खासै सुधार छैन। निक्षेप ३ प्रतिशत बढ्दा ऋण १।२१ प्रतिशत कम प्रवाह भएको छ।

खुद नाफामा आएको गिरावटले फाइनान्सको वितरणयोग्य नाफा पनि ४२ प्रतिशत घटेर ९ करोड ४३ लाख रुपैयाँमा सीमित छ। यस्तै प्रति सेयर आम्दानी ५ रुपैयाँ घटेर ११।८७ रुपैयाँ पुगेको छ।