BIZMANDU
www.bizmandu.com

पिपुल्स इन्भेष्टमेन्टले ४ लाख ७५ हजार कित्ता हकप्रद बेच्दै, संस्थापक सेयरधनीसँग दरखास्त माग

२०७९ कात्तिक १५

पिपुल्स इन्भेष्टमेन्टले ४ लाख ७५ हजार कित्ता हकप्रद बेच्दै, संस्थापक सेयरधनीसँग दरखास्त माग
पिपुल्स इन्भेष्टमेन्टले ४ लाख ७५ हजार कित्ता हकप्रद बेच्दै, संस्थापक सेयरधनीसँग दरखास्त माग

काठमाडौं। पिपुल्स इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ।

Tata
Global Ime

कम्पनीले कात्तिक १४ गतेसम्म कायम संस्थापक सेयरधनीहरुका लागि १० बराबर तीन अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो।

कम्पनीले ४ लाख ७५ हजार ८७५ कित्ता सेयर अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँमा बिक्री गर्ने भएको छ।

खरिदमा आवेदन दिने सुरुवाती मौका संस्थापक समूहका सेयरधनीलाई छ। उक्त सेयर खरिद गर्न इच्छुकले कात्तिक १६ बाट मंसिर २० गतेसम्म आवेदन दिन सक्नेछन्।

आवेदन फाराम पिपुल्स इनभेष्टमेन्ट कम्पनी लिमिटेडको काठमाडौंको थापाथली ट्रेड टावरस्थित कार्यालयबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।