BIZMANDU
www.bizmandu.com

नेप्सेले ५६ अंकको छलाङ मार्दा १ अर्ब माथिको भयो कारोबार, १५ कारोबार दिनयताकै उच्च

२०७९ कात्तिक १५

नेप्सेले ५६ अंकको छलाङ मार्दा १ अर्ब माथिको भयो कारोबार, १५ कारोबार दिनयताकै उच्च
नेप्सेले ५६ अंकको छलाङ मार्दा १ अर्ब माथिको भयो कारोबार, १५ कारोबार दिनयताकै उच्च


काठमाडौं। मंगलबार नेप्सेले १९ सय विन्दु पार गरेको छ। आजको विन्दु पछिल्लो २० कारोबार दिन यताकै उच्च हो। नियमित कारोबार सुरु भएदेखि नै बढ्न सुरु गरेको बजारले दिनभर निरन्तरता पायो। जसकारण पछिल्लो केही साता बजारमा आएको गिरावटले आत्तिएका लगानीकर्तालाई वृद्धिले राहात दिएको छ।

Tata
Global Ime

यससँगै आज नेप्से सूचक ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा उक्लिएको छ। यस्तै कारोबार पनि बढेको छ। आज १५ कारोबार दिनयताकै उच्च कारोबार भएको हो। आज सेन्सेटिभ पनि ११.२८ अंकले बढेको छ।

कारोबार अवधिमा २३१ कम्पनीको ३९ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड बढीको सेयर खरिदबिक्री भएको छ।

कारोबारका आधारमा मंगलबार एनआइसी एशिया बैंक अग्रस्थानमा छ। बैंकको साढे ६ करोड माथिको सेयर किनबेच भएको हो। यस्तै नबिल बैंकको पनि ५ करोड ९२ लाख बढीको किनबेच भएको छ।

आज न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ भने युनियन हाइड्रावर, माउन्टेन हाइड्रो नेपाल, दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ।

मंगलबार बैंक तथा वित्तीय उपसमूहमा वृद्धि देखिएको छ। वाणिज्य बैंक उपसमूह २.२० प्रतिशत, विकास बैंक ३.९५ प्रतिशत र माइक्रो फाइनान्स २.१९ प्रतिशतले बढेको छ।