काठमाडौं। सिमेन्ट उत्पादक कम्पनी रिद्धिसिद्धिले हात खाली नजाने उपहार ल्याएको छ। जस अन्तर्गत हरेक ५० बोरा रिद्धिसिद्धि सिमेन्ट किन्दा ग्राहकहरुले स्क्रयाच कुपन पाउने छन्।
कुपनहरुमा पाँच सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म रहने कम्पनीले जनाएको छ। साथै शून्य अंक उल्लेखित कुपन प्राप्त गरि आफ्नो कुपनमा भएको रकम पछाडि शून्य थप गरी १० गुणासम्म रकम पाउन सक्ने छन्।
यद्यपि ५० भन्दा धेरै संख्यामा शून्यको कुपन भएपनि प्रत्येक कुपनमा एकपटक मात्र शून्यलाई पछाडि जोडेर एक लाख रुपैयाँसम्म रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
उदाहरणको लागिः रु. १०,०००+०= रु. १,००,०००
यदि ५ हजार रुपैयाँ वा सोभन्दा माथिको रकम परेमा कम्पनीको आधिकारिक सम्पर्क नम्बरमा रजिष्टर गर्नुपर्ने बताइएको छ। उक्त रकममा शून्य थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माणस्थलमै रकम प्रदान गरिने कम्पनीले जनाएको छ।
ग्राहकहरूलाई उच्च प्राविधिक प्रणालीद्वारा उत्पादित सिमेन्ट उपलब्ध गराउनु र देशमा सिमेन्ट गुणस्तरको नयाँ आयाम थप्नु कम्पनीको मुख्य उद्देश्य भएको बताइएको छ। कम्पनीका अनुसार यो योजना कात्तिक १५ देखि पुस ३० गतेसम्म लागू हुनेछ।