BIZMANDU
www.bizmandu.com

बुधबार पनि सेयर बजारले कायम राख्यो हरियाली, तीव्र उतारचढावका कारण कारोबार भने ह्वात्तै बढ्यो

२०७९ कात्तिक १६

बुधबार पनि सेयर बजारले कायम राख्यो हरियाली, तीव्र उतारचढावका कारण कारोबार भने ह्वात्तै बढ्यो
बुधबार पनि सेयर बजारले कायम राख्यो हरियाली, तीव्र उतारचढावका कारण कारोबार भने ह्वात्तै बढ्यो


काठमाडौं। अघिल्लो दिनको वृद्धिलाई बुधबार पनि सेयर बजारले निरन्तरता दिएको छ। तिहारपछि लगातार हरियो भएको सेयर बजार आज पनि ७.३२ अंक बढेर बन्द भएको छ।

Tata
Global Ime

सूचक सामान्य बढेतापनि तीव्र उतारचढावका कारण कारोबार भने ह्वात्तै बढेको छ। कारोबार अवधिभर ४० अंकको उतारचढाव देखिएको छ।बुधबार एक अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

बजार सुस्ताउँदा निष्क्रिय बसेका लगानीकर्ता बजार बढेलगत्तै किनबेचमा सक्रिय हुँदा समेत कारोबारमा सुधार आएको देखिन्छ। 

किनबेचका आधारमा लाभांश बाड्न बाँकी शिवम् सिमेन्ट र नबिल बैंकको सेयर सर्वाधिक कारोबार भएको छ। वित्तीय विवरण समेत प्रकाशन हुन बाँकी शिवम् सिमेन्ट कारोबारको शीर्ष स्थानमा छ। शिवमको मात्र झन्डै ८ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ। तर मूल्य भने २ प्रतिशत घटेको छ। नबिलको सेयर मूल्य पनि ५ रुपैयाँ घटेको छ।

पछिल्लो वृद्धिमा कम चुक्ता पुँजी भएका सेयरहरुमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ। विकास बैंक र जलविद्युतका सेयरमा खरिद बाक्लिएको छ। नेपाल टेलिकम र नेपाल पुनर्बीमा किन्नेहरुको संख्या पनि बढी छ।