BIZMANDU
www.bizmandu.com

सामसङले ल्याउँदै ग्यालेक्सी ए०४ स्मार्टफोन, ५० एमपी क्यामराको फोन कहिले आउला नेपाल?

२०७९ कात्तिक १६

सामसङले ल्याउँदै ग्यालेक्सी ए०४ स्मार्टफोन, ५० एमपी क्यामराको फोन कहिले आउला नेपाल?
सामसङले ल्याउँदै ग्यालेक्सी ए०४ स्मार्टफोन, ५० एमपी क्यामराको फोन कहिले आउला नेपाल?



काठमाडौं। सामसङले ग्यालेक्सी ए०४ स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ। ५० मेगापिक्सेल क्यामरासहितको यो स्मार्टफोन सुलभ मूल्यमा लन्च गर्ने योजनामा सामसङ छ।

Tata
Global Ime

सामसङले इन्ट्री लेबलदेखि फ्ल्यागशिप फोन उत्पादन गर्दै आएको छ। यी सबै फोनहरुमा सधैं आफ्ना ग्राहकहरुलाई केही नयाँ फिचर ल्याउने भन्दै सामसङले ग्यालेक्सी ए०४ मा पनि नौलो फिचर रहेको जनाएको छ। 

नयाँ सामसङ ग्यालेक्सी ए०४ चाँडै नै नेपाली बजारमा ल्याउने तयारी सामसङको छ। यसको मुख्य आकर्षण नै यसको ५० मेगापिक्सेल क्यामरा भएको कम्पनीको दाबी छ।

यसले युवा पुस्ता माझ राम्रो छाप छोड्ने विश्वास कम्पनीको छ। युवा प्रयोगकर्ताहरुलाई यसले आफ्ना बहुमूल्य तथा उत्कृष्ट पल हाइ क्वालिटीमा क्याप्चर गर्न सहयोग पुर्‍याउने बताइएको छ।