BIZMANDU
www.bizmandu.com

इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट, ६२ हजार ५१९ जनाले हात पारे १०/१० कित्ता सेयर

२०७९ कात्तिक १७

इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट, ६२ हजार ५१९ जनाले हात पारे १०/१० कित्ता सेयर
इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट, ६२ हजार ५१९ जनाले हात पारे १०/१० कित्ता सेयर

काठमाडौं। इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

Tata
Global Ime

आइपीओका लागि १३ लाख ५८ हजार २२० जनाबाट आवेदन परेको थियो। उनीहरुबाट कुल एक करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयर माग भएको हो।

आवेदकमध्ये १३ लाख ५६ हजार २२४ जनाको आवेदन स्वीकृत भएको छ। १ हजार ९ सय ९६ जनाको आवेदन विभिन्न कारणले रद्द गरिएको थियो। 

स्वीकृत आवेदनमध्ये ६२ हजार ५१९ जनाले १०/१० कित्ताका दरले आइपीओ हात पारेका छन्। 

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख ७० हजार ३१० कित्ता सेयर जारी गरेको हो। जसमा १३ हजार ४०६ कित्ता सेयर कर्मचारी र ३३ हजार ५ सय १५ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको थियो।

बाँकी ६ लाख  २५ हजार १९० कित्ता मात्रै सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।