BIZMANDU
www.bizmandu.com

सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

२०७९ कात्तिक १७

सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनी नवराज बजगाईंको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले १९ हजार ७१० कित्ता स्स्थापक सेयर बिक्री गर्ने भएको हो।

Tata
Global Ime

उक्त सेयर बिक्रीका लागि बैंकले पहिलो प्राथमितकता विधमान संस्थापक सेयरधनीहरुलाई दिनुपर्ने हुन्छ। तसर्थ बैंकले यसअघि नै ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक सेयरधनीहरुलाई सेयर खरिद गर्न आह्वान गरेको थियो।

तर उक्त समयसम्म संस्थापक सेयरधनीहरुबाट पर्याप्त आवेदन नपरेकाले बैंकले सो सेयर अन्य व्यक्ति तथा संस्थालाइ बिक्री गर्ने भएको हो।  सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले १५ दिन भित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ। 

आवेदन फारम बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा बुझाउन सकिन्छ।