काठमाडौं। दुई दिनदेखि बढ्न थालेको सुनको मूल्य पुन: घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको बजार मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।
बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ थियो।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला १२ सय १५ रुपैयाँ कायम छ। बुधबार चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला १२ सय १५ रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य थोरै घटेको छ। सुन प्रतिऔंस १६३७.३५ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस १९.३६ डलर छ। बुधबार सुन प्रतिऔंस १६३८.३५ डलर र चाँदी प्रतिऔंस १९.४६ डलर थियो।