BIZMANDU
www.bizmandu.com

युनिलिभर नेपालले पाँच वर्ष यताकै सर्वाधिक लाभांश घोषणा गर्‍यो, प्रतिकित्ता १२१५ रुपैयाँ दिने

२०७९ कात्तिक १७

युनिलिभर नेपालले पाँच वर्ष यताकै सर्वाधिक लाभांश घोषणा गर्‍यो, प्रतिकित्ता १२१५ रुपैयाँ दिने
युनिलिभर नेपालले पाँच वर्ष यताकै सर्वाधिक लाभांश घोषणा गर्‍यो, प्रतिकित्ता १२१५ रुपैयाँ दिने

काठमाडौं। युनिलिभर नेपालले पछिल्लो पाँच वर्षयता कै सर्वाधिक लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि १२१५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

Tata
Global Ime

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कायम सेयरधनीहरुलाई प्रतिकित्ता १२१५ रुपैयाँका दरले नगद लाभांश स्वरुप दिने घोषणा गरेको छ। 

हाल नेप्सेमा कम्पनीको ९ लाख २० हजार सात सय कित्ता सेयर सूचीकृत छ।  प्रति कित्ता १८ हजार ३०० रुपैयाँको दरले कम्पनीको सेयर किनबेच हुँदैछ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत मध्येकै सर्वाधिक महंगो स्क्रिप युनिलिभर नेपाल हो।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्। साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर ४ देखि २० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। 

जस अनुसार मंसिर ३ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।