काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले ३४ औं साधारणसभाको लागि शेयरधनीहरुलाई डाकेको छ। संचालक समितिले साधारणसभा आगामी मंसिर १८ गते गर्ने निर्णय गरेको हो।
कम्पनीको हाल कायम रहेको चुक्ता पुँजीमा ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँको १५ प्रतिशतले दरले बोनस शेयर र सोको कर प्रयोजनाका लागि ३ करोड १८ लाख ५६ हजार रुपैयाँ नगद लाभांश दिने विषेश प्रस्ताव पारित गर्ने बताइएको छ।
सभाले आर्थिक वर्ष २०७७/०७८को वासलात, आय व्यय हिसाब ,नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत साधारणसभामा पेश गर्ने बताइएको छ ।
साधारणसभाको लागि मंसिर ८ गते एक दिनको लागि बुक क्लोज गर्ने भएको छ। ७ गतेभित्र नेप्सेमा कारोबार भइ कायम हुन आउने शेयरधनीहरुले उक्त सभामा भाग दिन सक्ने कम्पनीले जनाएको छ ।