BIZMANDU
www.bizmandu.com

कारोबार खुलेको डेढ घण्टामा यूनिलिभर नेपालको सेयर ११५० रुपैयाँले बढ्यो, २४० कित्ता सेयर किनबेच

२०७९ कात्तिक १७

काठमाडौं। सेयर कारोबार खुलेको करिब डेढ घण्टामा यूनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ। यस अवधिसम्म कम्पनीको सेयर मूल्य ११५० रुपैयाँ (६.२८%)ले बढेको हो।

Tata
Global Ime

हालसम्म यस कम्पनीको २४० कित्ता सेयर कारोबार भइसकेको छ। आज प्रतिकित्ता १८६६६ रुपैयाँबाट सुरु भएको यस कम्पनीको सेयर हाल १९४५० रुपैयाँमा कारोबार भइरहेको छ।

कम्पनीले आज गत वर्षका लागि पछिल्लो पाँच वर्ष यताकै सर्वाधिक लाभांशको घोषणा गरेको छ। कम्पनीले लगानीकर्तालाई १२१५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश आउँदो साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन्।

लाभांश वितरण प्रयोजनका लागी कम्पनीले आगामी मंसिर ४ गते बुक क्लोज मिति तोकेको छ।  मंसिर १ गते बिहीबार सम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

हाल नेप्सेमा कम्पनीको ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ। भने चुक्ता पुँजी ९ करोड २० लाख बढी छ।