BIZMANDU
www.bizmandu.com

गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सको डिडिए रिपोर्ट अझै फाइनल भएन, एकीकृत कारोबार कहिले?

२०७९ कात्तिक १७

गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सको डिडिए रिपोर्ट अझै फाइनल भएन, एकीकृत कारोबार कहिले?
गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सको डिडिए रिपोर्ट अझै फाइनल भएन, एकीकृत कारोबार कहिले?



काठमाडौं। गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको विस्तृत लेख परीक्षण (डिडिए) रिपोर्ट फाइनल नहुँदा एकीकृत कारोबार गर्न अझ केही समय लाग्ने भएको छ। 

Tata
Global Ime

यी तीन कम्पनीको गत  जेठ २९ गते  मर्जर सम्झौता भएको हो। बीमा कम्पनीको इतिहासमै पहिलो पटक तीन जीवन बीमा कम्पनीको बिग मर्जर सम्झौता भएको करिब ६ महिना भएपनि उक्त कम्पनीहरुको एकिकृत कारोबार अझै सुरु हुन सकेको छैन।

मर्जरको प्रारम्भिक सम्झौता गरेर बसेका तीन कम्पनीहरुबीच आन्तरिक कुरा नमिल्दा केही समयदेखि विवाद चलिरहेको थियो ।   

कम्पनीहरुको डिडिए (विस्तृत लेखा परीक्षण) हालसम्म नसकिएको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले जानकारी दिए ।

'भदौसम्मा डिडिए सक्ने भनिएको हो । तीनवटै कम्पनीको  रिपोर्ट फाइनल हुन बाँकी रहेकोले कारोबारमा ढिलाई भएको हो । अबको केही दिनमा रिपोर्टहरु फाइनल हुन्छ ।'- केही दिनमा थप प्रक्रिया अघि बढ्ने उनको भनाई छ।   

 'तोकिएको समयभित्र  कारोबार गर्न सम्भव नभएको हो। एकीकृत  कारोबार नगर्ने भनेको छैन। केही समय ढिला भएपनि तीन कम्पनीको  कारोबार हुन्छ।'- उनले दावी गरे।   

जीवन बीमा कम्पनीको डिडिए  प्रक्रिया लामो हुने उनको भनाई छ।  एक्चुअरी भ्यालुएसनमै करिब ३ महिनाभन्दा बढी समय लागेपछि कार्तिक महिनाभित्र कारोबार हुन भने सम्भव नहुने उनले बताए।   

'डिडिए सम्पन्न गरेपछि मात्र स्वाप रेसियो, कम्पनीको नाम, संचालक समिति, कार्यकारी प्रमुख अधिकृत चयन हुन्छन् । त्यस पछि साधारण सभाले मर्जरको अन्तिम रुप दिने छ ।'- उनले भने। 

हाल प्राइम लाइफको चुक्ता पुँजी २ अर्ब ७७ करोड,  युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ  र गुराँसको २ अर्ब ८ करोड रुपैयाँ छ। सेयर स्वाप रेसियो एकबराबर एकको अनुपातमा तय हुने हो भने मर्जपछि बन्ने नयाँ कम्पनीहरुले सात अर्ब रुपैयाँभन्दा बढी हुनेछ।