BIZMANDU
www.bizmandu.com

टाटाले स्वामित्व लिएसँगै एयर इण्डिया क्षमता विस्तारमा, एयर एसियालाई प्राप्ति गर्ने तयारी

२०७९ कात्तिक १८

टाटाले स्वामित्व लिएसँगै एयर इण्डिया क्षमता विस्तारमा, एयर एसियालाई प्राप्ति गर्ने तयारी
टाटाले स्वामित्व लिएसँगै एयर इण्डिया क्षमता विस्तारमा, एयर एसियालाई प्राप्ति गर्ने तयारी


काठमाडौं। भारतमा टाटा समूहको स्वामित्व आएसँगै एयर इण्डिया क्षमता विस्तारतर्फ लागिपरेको छ। समुहले एयर इण्डिया एक्सप्रेस र एयर एसिया इण्डियासँग गाभिने सम्झौता गरेको छ।

Tata
Global Ime

सन् २०२३ भित्रै कम्पनीले एयर एसिया इण्डियाको पूर्ण स्वामित्व लिएर वायुसेवालाई लो कस्ट क्यारियरका रूपमा संचालन गर्ने तयारी छ। यसका लागि कम्पनीले अध्ययन गरिसकेको जनाएको छ।

स्वामित्व लिइएसँगै एयर एसिया इण्डिया एयर इण्डिया एक्सप्रेसको नामले संचालन हुनेछ। 'यी दुवै लो कस्ट एयरलाइन्स मर्जरमा गएसँगै टाटा समूहले आफ्नो व्यवसायीक योजना अनुसार यात्रु, आम्दानी, संचालन मुनाफा विस्तार गर्ने उद्देश्य राखेको छ,' टाटा समूहले जारी गरेको विवरणमा उल्लेख छ।

आफ्नो स्वामित्वमा आएसँगै समूहले एयर इण्डिया पुनरुत्थानका व्यवसायिक योजनासहित अगाडि बढेको हो। निरन्तरको घाटा धान्न गाह्रो परेपछि भारत सरकारले एयर इण्डियाको शतप्रतिशत हिस्सा बिक्री गर्ने उद्देश्यले टेण्डर आह्वान गरेको थियो। आन्तरिक प्रतिस्पर्धी स्पाइस जेटका अध्यक्ष अजय सिंह र टाटा सन्स बीच बोलकबोल चलेको थियो। प्रतिस्पर्धामा बढीको बोली लगाएर टाटा समूह उक्त वायुसेवा कम्पनी खरिद गर्न सफल भएको थियो।

सन् १९३० मा एयर इन्डिया टाटा समूहले नै सुरु गरेको थियो। ६८ वर्ष अगाडि यसले यो वायुसेवा सरकारलाई हस्तान्तरण गरेको थियो। टाटा समूहले एयर इन्डिया पुनः आफ्नै स्वामित्व लिन सफल भएको हो।

सरकारले राखेको मूल्य र स्पाइस जेटले कबोल गरेको रकमका तुलनामा टाटा समूहले तीन हजार करोड बढीको कबोल गरेको थियो।