BIZMANDU
www.bizmandu.com

ऋण रोकिएका बेला महालक्ष्मी विकास बैंकले ल्यायो स्किम, घर किन्ने र व्यवसाय गर्नेलाई सस्तोमा ऋण

२०७९ कात्तिक १८

ऋण रोकिएका बेला महालक्ष्मी विकास बैंकले ल्यायो स्किम, घर किन्ने र व्यवसाय गर्नेलाई सस्तोमा ऋण
ऋण रोकिएका बेला महालक्ष्मी विकास बैंकले ल्यायो स्किम, घर किन्ने र व्यवसाय गर्नेलाई सस्तोमा ऋण


काठमाडौं। महालक्ष्मी विकास बैंकले घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष योजना ल्याएको छ। 

Tata
Global Ime

‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ नारासहित बैंकले धितो मुल्याङ्कनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष तोकेको छ।

घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले विज्ञप्तिमा जनाएको छ।

‘सरल र सुलभ व्यावसायिक कर्जा, पौरखी हातहरुलाई थप उर्जा’ नारा राखेर बैंकले व्यवसायिक कर्जा योजना ल्याएको छ।

ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह, आकर्षक व्याजदरतथा कर्जा शुल्कमा विशेष छुट जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ। 

घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुनेछन्।