BIZMANDU
www.bizmandu.com

एमजीको इलेक्ट्रिक स्पोर्टस कार ‘साइबरस्टर इभी’ आगामी वर्ष, एक पटकको चार्जमा १३०० किमि

२०७९ कात्तिक १८

एमजीको इलेक्ट्रिक स्पोर्टस कार ‘साइबरस्टर इभी’ आगामी वर्ष, एक पटकको चार्जमा १३०० किमि
एमजीको इलेक्ट्रिक स्पोर्टस कार ‘साइबरस्टर इभी’ आगामी वर्ष, एक पटकको चार्जमा १३०० किमि


काठमाडौं। इलेक्ट्रिक गाडीहरुमा कसरी बढी क्षमताको बनाउने भन्नेमा सवारी उत्पादकहरु निरन्तर प्रयोगमा छन्। यही होडबाजीमा एमजीले एउटा शक्तिशाली गाडी बजारमा ल्याउने भएको छ। 

Tata
Global Ime

अर्को वर्षको अप्रिलमा इलेक्ट्रिक स्पोर्टस कार 'साइबरस्टर इभी' लाई विश्वव्यापी बजारमा ल्याउने घोषणा एमजीले गरेको छ। कम्पनीका अनुसार उक्त इलेक्ट्रिक स्पोर्टस कार ग्राहकहरुलाई भने २०२४ मा डेलिभरी हुनेछ।

कम्पनीले यो कारलाई पहिला युरोप जस्ता बजारहरूमा बिक्री सुरु गरिने छ। यो गाडीले एक पटकको फुल चार्जमा १३०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

एमजीको यो स्पोर्ट्सकार पहिलो पटक २०२१ मा साइबरस्टर अवधारणाद्वारा पूर्वावलोकन गरिएको थियो। त्यसपछि यसलाई कम्पनीले आन्तरिक रूपमा 'प्रोजेक्ट-ई' को रूपमा राखेर निर्माण गरिरहेको छ। साथै यसलाई यो महिना चीनको ग्वाङ्झाउमा हुने मोटर शोमा अनावरण गरिने योजना थियो।

तर उक्त शो कोभिड-१९ को त्रासका कारण स्थगित वा रद्द हुन सक्ने चिन्ताले गर्दा यसको अनावरण अर्को वर्षमा धकेलिएको कम्पनीले जनाएको छ।

साइबरस्टर इभीले अनिवार्य रूपमा माज्दा एमएक्स-५ लाई मनपर्ने इलेक्ट्रिक प्रतिद्वन्द्वीको रूपमा पाउने अनुमान गरिएको छ। माज्दाको उक्त इभी कार पनि आधिकारिक रुपमा सार्वजनिक हुने अवस्थामा पुगेको छ।