BIZMANDU
www.bizmandu.com

जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीका लागि घोषणा गर्‍यो लाभांश, पहिलोपटकमै ७७ प्रतिशत दिने

२०७९ कात्तिक २०

जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीका लागि घोषणा गर्‍यो लाभांश, पहिलोपटकमै ७७ प्रतिशत दिने
जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीका लागि घोषणा गर्‍यो लाभांश, पहिलोपटकमै ७७ प्रतिशत दिने


काठमाडौं। हालै आइपीओ बिक्री गरी दोस्रो बजारमा सूचीकृत जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीलाई प्रथम लाभांश घोषणा गरेको छ।

Tata
Global Ime

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ७७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो। बाँकी ३.८ प्रतिशत करका लागि नगद दिँदै छ।

लघुवित्तको चुक्ता पुँजी अहिले १६ करोड रुपैयाँ छ। यसमा प्रस्तावित ७३ प्रतिशत बोनस सेयर जोडिएपछि लघुवित्तको चुक्ता पुँजी २७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन्।