BIZMANDU
www.bizmandu.com

स्टिल उद्योगमा चर्को मन्दीबीच रियल स्टिल्सको कारोबार बढ्यो, गर्‍यो १.३७ अर्बको व्यापार

२०७९ कात्तिक २०

स्टिल उद्योगमा चर्को मन्दीबीच रियल स्टिल्सको कारोबार बढ्यो, गर्‍यो १.३७ अर्बको व्यापार
स्टिल उद्योगमा चर्को मन्दीबीच रियल स्टिल्सको कारोबार बढ्यो, गर्‍यो १.३७ अर्बको व्यापार



काठमाडौं। स्टिल उद्योगमा चर्को मन्दीबीच रियल स्टिल्स प्रालिले सन् २०२१/२२ मा १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ कारोबार (अपरिष्कृत) गरेको छ। एमएस पाइप, सटर पट्टि, सटर गाइडसहितका अन्य प्रडक्ट उत्पादन गर्ने कम्पनीले अघिल्लो वर्ष २०२१ मा १ अर्ब १५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो। 

Tata
Global Ime

तरलता अभावका साथै बढ्दो ब्याजदरका कारण आगामी दिनहरुमा कम्पनीको वित्तीय अवस्थामा चुनौती थपिने रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले उल्लेख गरेको छ।

कम्पनीले भारतबाटै अधिकांश कच्चा पदार्थ आयात गरिरहेको छ। कुल उत्पादन खर्चको ९० प्रतिशत हिस्सा कच्चा पदार्थले ओगटेको कम्पनीले जनाएको छ। कम्पनीसँग वार्षिक ४९ हजार ८ सय टन उत्पादन क्षमता छ। जनवरी २०२० बाट व्यवसायिक उत्पादन थालेको कम्पनीले वीरगंजमा प्लान्ट राखेको छ। 

कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रेमकुमार जाटिया हुन्। कार्यकारी निर्देशक भने दीपल खन्ना छन्। 

कम्पनीले १ अर्ब ५० करोड ६९ लाख रुपैयाँको कर्जाका लागि रेटिङ पुन:पुष्टि गराएको छ। ४३ करोड १९ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले एनपी डबल बी माइनस र १ अर्ब ७ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ केयर रेटिङ्सले पुन:पुष्टि गरेको छ।