BIZMANDU
www.bizmandu.com

नागरिक दैनिक पत्रिका छाप्ने नेपाल रिपब्लिकले एकैवर्ष गर्‍यो २० करोड माथिको व्यापार

२०७९ कात्तिक २०

नागरिक दैनिक पत्रिका छाप्ने नेपाल रिपब्लिकले एकैवर्ष गर्‍यो २० करोड माथिको व्यापार
नागरिक दैनिक पत्रिका छाप्ने नेपाल रिपब्लिकले एकैवर्ष गर्‍यो २० करोड माथिको व्यापार



काठमाडौं। नागरिक दैनिक पत्रिका छाप्ने नेपाल रिपब्लिक मिडियाले सन् २०२१/२२ मा २० करोड ३० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। 

Tata
Global Ime

रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार अघिल्लो वर्ष २०२०/२१ को तुलनामा कम्पनीको व्यापार बढेको छ। २०२०/२१ मा कम्पनीको कारोबार घटेर १७ करोड २० लाखमा झरेको थियो।

२०२१९/२० मा कम्पनीले २९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। आम्दानीको मुख्य स्रोत विज्ञापनमै ठूलो गिरावट आएसँगै कम्पनीको वित्तीय अवस्था धरमराएको रेटिङ विवरणमा उल्लेख छ। 

यसका साथै रुस युक्रेन युद्धका कारण कागजको मूल्य अत्यधिक महँगिएको बताइएको छ। रुस पत्रिकालाई आवश्यक कागजको ठूलो आपूर्तिकर्ता हो।  

नेपाल रिपब्लिक मिडियाले कात्तिक पहिलो साता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि सर्वसाधारणमा ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता आइपीओ जारी गर्ने तयारीमा छ।

कम्पनीले आइपीओ जारी गर्न कात्तिक २ गते बोर्डमा आवेदन दिएको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटस् लिमिटेडले जनाएको छ। १४ वर्ष अघि स्थापना भएको यो कम्पनीका एमडीमा विनोद ज्ञवाली छन् भने निर्देशकमा शोभा ज्ञवाली। कान्तिपुर दैनिकबाट साझेदार छुट्टिएर खडा भएको यो कम्पनीमा एग्रेसिभ लगानी भएको थियो। 

यो कम्पनी अन्तर्गत नेपाली र अंग्रेजी पत्रिकाबाहेक रेडियो नागरिक, नागरिक न्युज डटकम, रिपब्लिका डटकम, परिवार मासिक पत्रिका लगायत छन्। कोभिडपछि अंग्रेजी दैनिक रिपब्लिका र शुक्रबार साप्ताहिकको छापा संस्करण बन्द भएको छ। यही समूह अन्तर्गत द न्युयोर्क टाइम्स प्रकाशन हुँदै आएको छ।

सुन्धाराको जेडिए कम्प्लेक्समा कम्पनीको कर्पोरेट कार्यालय छ भने इमाडोल, विराटनगर र नेपालगंजमा छापाखाना छ। कम्पनीले आइपीओ जारी गर्न आइआरएस बी प्लस रेटिङ पाएको छ।