काठमाडौं। सनराइज क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारणसभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरिएको थियो।
सोही अवधिको असार मसान्तको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र आव २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी उनको पारिश्रमिक समेत निर्धारणको प्रस्ताव पारित गरिएको बताइएको छ।
सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो।