BIZMANDU
www.bizmandu.com

५ अर्बको ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ को बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

२०७९ कात्तिक २०

५ अर्बको ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ को बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त
५ अर्बको ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ को बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं। ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्कासन गर्न सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

Tata
Global Ime

आइतबार उक्त सम्झौतामा हस्ताक्षर गरेको छ। 

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्। 

बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर ११.२५% ब्याजसहित पाँच वर्षको लागि निष्काशन गर्न लागेको छ।