BIZMANDU
www.bizmandu.com

आइएमईले बेच्यो १०० भन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर, एक पटक चार्ज गर्दा ३२० किमी चल्ने

२०७९ कात्तिक २१

आइएमईले बेच्यो १०० भन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर, एक पटक चार्ज गर्दा ३२० किमी चल्ने
आइएमईले बेच्यो १०० भन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर, एक पटक चार्ज गर्दा ३२० किमी चल्ने


काठमाडौं। भारतीय कम्पनी राफ्ट मोटर्सका सयवटा भन्दा बढी इलेक्ट्रिक स्कुटर नेपालमा बिक्री भएको छ। आधिकारिक बिक्रेता कम्पनी आइएमई इलेक्ट्रिकले चाडपर्वमा १०० वटाभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको जनाएको हो।

Tata
Global Ime

राफ्ट मोटर्सका ६ वटाभन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटर छन्। यी स्कुटरहरुले एक पटकको फुल चार्जमा ३२० किलोमिटरसम्मको दुरी पार गर्न सकिने दाबी कम्पनीको छ। उचित मूल्य, धेरै राम्रो रेन्ज, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको बिक्रेता कम्पनीले जनाएको छ।

पेट्रोल इन्जिन स्कुटरका तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रति किलोमिटर ३० पैसाभन्दा कम खर्च हुने कम्पनीको हिसाब छ। यो स्कुटर चलाउँदा पेट्रोल खर्चको तुलनामा तीन वर्षभित्र उपभोक्ताले करिब २ लाख ५० हजार रुपैयाँ बचत गर्दा पुरा लगानी फिर्ता भए बराबर हुने कम्पनीको भनाइ छ।

यो स्कुटर फायरप्रुफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शक अब्सोर्ब, मल्टी मोड्स अफ ड्राईभिङ, फाष्ट चार्जको लागि १० एम्पियरको चार्जर, राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू उपलब्ध छन्।

आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकका अनुसार मूल्य र रेन्जको सन्दर्भमा उत्कृष्ट संयोजन भएका राफ्ट स्कुटरको मूल्य मात्र १ लाख ९९ हजार पर्छ।

बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आइएमईले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको उनले बताए। यसका अहिले नेपालमा १० भन्दा बढी डिलर छन्।