BIZMANDU
www.bizmandu.com

सेयर बजारमा भारी उतारचढावसहितको गिरावट, औसतभन्दा बढी सक्रिय हुँदा कारोबार २ अर्ब नाघ्यो

२०७९ कात्तिक २१

सेयर बजारमा भारी उतारचढावसहितको गिरावट, औसतभन्दा बढी सक्रिय हुँदा कारोबार २ अर्ब नाघ्यो
सेयर बजारमा भारी उतारचढावसहितको गिरावट, औसतभन्दा बढी सक्रिय हुँदा कारोबार २ अर्ब नाघ्यो


काठमाडौं। डेढ सय अंकको वृद्धिपछि सेयर बजारमा भारी उतारचढावसहितको गिरावट देखिएको छ। सोमबार १९८७ को इन्ट्रा डे हाइसम्म पुगेको सूचक सो विन्दुलाई परीक्षण गरे लगत्तै घटेको हो।

Tata
Global Ime

तीव्र उतारचढावका कारण सोमबार कारोबारले पनि फराकिलो फड्को मारेको छ। सोमबार किन्न चाहने र बेच्न चाहने दुवै पक्ष औसतभन्दा बढी सक्रिय हुँदा परिसूचकमा ३१ अंकभन्दा बढीको उतार चढाव आएको छ।

कारोबार बन्द हुनुअघि प्यानिक सेलिङको प्रभाव पर्दा परिसूचकले ६.४३ अंक गुमाएको हो। तर उल्लेख्य किनबेचका कारण कारोबार रकम पछिल्लो २५ करोबार दिन यता कै उच्च छ। आज २ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ।

नजिकिँदो २००० को मनोवैज्ञानिक विन्दूलाई परीक्षण गर्नु पूर्व नै बजारले अवरोधको सामना गरेको छ। निर्वाचनको माहौलले लगानीकर्ता बजार बढ्नेमा ढुक्क भएतापनि जानकारहरु दिगो वृद्धिमा अझै पूर्ण रुपमा निश्चित हुन सकेका छैनन्।

पछिल्ला केही कम्पनीले बम्पर लाभांश घोषणा गरेपछि लगानीकर्ता आक्रमक खरीदमा केन्द्रित थिए। गत आर्थिक वर्ष राम्रो नाफा कमाएका तर लाभांश बाढ्न बाँकी कम्पनीहरुमा बिक्रेताको चाप देखिन्छ। लाभांशको राम्रो ट्रयाक रेकर्ड भएका यस्ता कम्पनीमा लगानीकर्ता र ट्रेडर दुवैको आकर्षण छ।