BIZMANDU
www.bizmandu.com

बोर्डले खुलाएको अनुमतिपत्र रोकेपछि समग्र लगानीकर्ता संघको आपत्ति, सडकमा उत्रिने चेतावनी

२०७९ कात्तिक २१

बोर्डले खुलाएको अनुमतिपत्र रोकेपछि समग्र लगानीकर्ता संघको आपत्ति, सडकमा उत्रिने चेतावनी
बोर्डले खुलाएको अनुमतिपत्र रोकेपछि समग्र लगानीकर्ता संघको आपत्ति, सडकमा उत्रिने चेतावनी


काठमाडौं। धितोपत्र बोर्डले खुलाएको ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटी अनुमतिपत्रलाई सर्वोच्च अदालतले रोकेपछि समग्र लगानीकर्ता संघले आपत्ति जनाएका छन्।

Tata
Global Ime

निश्चित समूहको प्रलोभनमा परी पुँजीबजार विकासको कार्यमा कठिनाइ सृजना भएपछि लगानीकर्तासंघले फेरी सडकमा उत्रिने चेतावनी समेत जाहिर गरेका छन्।

स्वार्थ समूहले पूँजी बजारको आधुनिकीकरणमा अवरोध पुर्याएको उनीहरुको निष्कर्ष छ। सुधारात्मक काम रोकिँदा नेपालको पूँजी बजारले झन् ठूलो क्षति भोग्नुपर्ने उनीहरुको टिप्पणी छ।

निर्वाचन अघि लाइसेन्स बाँड्ने निर्णय विवादास्पद भएको भन्दै सर्वोच्च अदालतमा बारम्बार रिट दर्ता भएको थियो। जस लगत्तै अनुमतिपत्र दिने काम अर्को निर्णय नहुन्जेलसम्मका लागि बन्द गर्न बोर्डलाई सर्वोच्चले आदेश दिएको हो।

नियम विपरित स्वेच्छिक तरिकाले नियमावली संसोधन गरिएको भन्दै संशोधित नियमावली नै खारेजीको माग गरिएको छ।

यस बारे भोलि कात्तिक २२ गते सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। जसपछि सर्वोच्चको निर्णयले ब्रोकर, कमोडिटी र स्टक एक्सचेन्ज अनुमतिपत्र आगामी कदम तय गर्नेछ।