BIZMANDU
www.bizmandu.com

हुन्डाईको नेक्स्ट जेनेरेसन मिडसाइज सेडान ‘भर्ना’ अब डिजल इन्जिनमा मात्र उपलब्ध हुने

२०७९ कात्तिक २२

हुन्डाईको नेक्स्ट जेनेरेसन मिडसाइज सेडान ‘भर्ना’ अब डिजल इन्जिनमा मात्र उपलब्ध हुने
हुन्डाईको नेक्स्ट जेनेरेसन मिडसाइज सेडान ‘भर्ना’ अब डिजल इन्जिनमा मात्र उपलब्ध हुने


काठमाडौं। आगामी वर्ष बजारमा आउने हुन्डाईको नेक्स्ट जेनेरेसन मिडसाइज सेडान 'भर्ना' डिजल इन्जिनमा मात्र उपलब्ध गराउने तयारी  कम्पनीको छ। यसलाई कम्पनीले २०२३ सम्म सार्वजनिक गर्ने जनाएको छ।

Tata
Global Ime

सन् २०२३ मा वास्तविक ड्राइभिङ रेन्जमा शून्य कार्बन उत्सर्जन मापदण्डहरू पूरा गर्न आफ्नो डिजल इन्जिनलाई री-डिजाइन गर्ने मिडसाइज सेडानको एक मात्र निर्माता हुन्डाई हुनेछ। हाल धेरै कार निर्माताहरूले शून्य कार्बन मापदण्ड पूरा गर्न आफ्ना डिजल इन्जिनहरू अपग्रेड गर्न खोजिरहेका छैनन्।

हुन्डाईको भेन्यु, क्रेटा, अल्ट्रोज मोडललाई पनि १.५ लिटर डिजेल इन्जिनको साथ उत्पादन जारी राख्ने कम्पनीले जनाएको छ। तर होन्डाले भने अर्को वर्ष आफ्नो १.५ -लिटर डिजेल इन्जिन बन्द गर्ने जनाएको छ। यस्तै हुन्डाईले आई२० मोडललाई डिजल इन्जिनमा नल्याउने जानकारी दिएको छ।

नेक्स्ट-जेन भर्नाको कोड नेम बीएन७ राखिएको छ। यसलाई यस वर्षको सुरुमा भारतमा परीक्षण गरिएको थियो। २०२३ मा डेब्यु हुने अपेक्षा गरिएको छ। नयाँ भर्नाले हुण्डाईको ‘सेन्सुअस स्पोर्टिनेस’ डिजाइनलाई फराकिलो ग्रिलसहित हेडल्याम्पमा समावेष गर्नेछ। साथै हुन्डाईले इलान्ट्रा डिजाइनमा ध्यान केन्द्रित गरिरहेको बताइएको छ।

हुन्डाईले क्रेटाबाट १.४-लिटर टर्बो पेट्रोल इन्जिन पनि थप्न सक्छ किनभने यसको मुख्य प्रतिद्वन्द्वी भर्चुअस र स्लाभियाले १.५-लिटर टर्बो पेट्रोल इन्जिन पाउँछन्। गियरबक्स विकल्पहरू भने परिवर्तन हुने छैनन्।