BIZMANDU
www.bizmandu.com

धुलिखेल जीपलाइनमा विदेशी पर्यटकलाई आकर्षक योजना, नेपाली सरह शुल्क

२०७९ कात्तिक २२

धुलिखेल जीपलाइनमा विदेशी पर्यटकलाई आकर्षक योजना, नेपाली सरह शुल्क
धुलिखेल जीपलाइनमा विदेशी पर्यटकलाई आकर्षक योजना, नेपाली सरह शुल्क


काठमाडौं। धुलिखेल जीपलाइनले विदेशी पर्यटक लक्षित योजना सार्वजनिक गरेको छ। कम्पनीले विदेशी पर्यटकलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लिने भएको छ।

Tata
Global Ime

यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिकका लागि तीन प्रकारको छुट्टाछुट्टै शुल्क थियो। कम्पनीले सबै मुलुकका नागरिकलाई एउटै शुल्क निर्धारण गरेको अध्यक्ष केदार थापाले बताए ।

सबै मुलुकका नागरिकलाई समान आर्थिक व्यवहार गर्ने उद्धेश्यले ‍यो योजना लागु गरिएको कम्पनीका सीइओ भुपेश श्रेष्ठले जानकारी दिए।

कम्पनीको यो निर्णयसँगै अब सबै मुलुकका नागरिकले क्लासिक २५ सय रुपैयाँ, सुपरम्यान ३५ सय रुपैयाँ र टेन्डम जीपलाइन ४ हजार ५ सय रुपैयाँमा खेल्न पाउने जनाइएको छ।

कम्पनीका अनुसार यसअघि क्लासिक (साधारण) जिपलाइनको नेपालीका लागि २५ सय रुपैयाँ, सार्क देशका नागरिकका लागि ३० अमेरिकी डलर र अन्य देशका नागरिकलाई ३५ डलर थियो। सुपरम्यनज जीपलाइनको नेपालीका लागि ३ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकका लागि ४० डलर र अन्य देशका नागरिक ३५ डलर निर्धारण गरिएको थियो।

यसैगरी टेन्डम (जोडी) जीपलाइनका लागि नेपालीलाई ४ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ५० डलर र अन्य देशका नागरिकलाई ६० डलर तोकिएको थियो।