BIZMANDU
www.bizmandu.com

आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भयो बीमा समिति, लोगो भने पुरानै

२०७९ कात्तिक २२

काठमाडौं। बीमा समिति आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ ।

Tata
Global Ime

नयाँ बीमा ऐन २०७९ राजपत्रमा प्रकाशित भएको ३१ दिनपछि अनौपचारिक रुपमा कार्यान्वयनमा आएको हो। एक समारोहबीच नेपाल बीमा प्राधिकरणको औपचारिक रुपान्तरण कार्यक्रम गरिएको छ। 

उक्त ऐन कार्यान्यनमा आएसँगै अब बीमा समितिले प्राधिकरणको रुपमा काम गर्नेछ। अहिले समितिको नाममात्र परिवर्तन भएको बीमा समितिले जनाएको छ।

समितिले अहिले भइरहेको कामहरुलाई निरन्तरता दिने अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए। प्राधिकरण अधिकार सम्पन्न र स्वायत्त संस्थाको रुपमा रहने उनको भनाइ छ ।

लाइसेन्स दिने ‌खारेज गर्ने, पुँजी निर्माण लगायतका काम प्राधिकरणले गर्ने  बताइएको छ।