BIZMANDU
www.bizmandu.com

२३ करोडको बोनस सेयर बाँड्ने विशेष प्रस्तावसहित नागरिक स्टक डिलरले बोलायो तेस्रो साधारणसभा

२०७९ कात्तिक २२

काठमाडौं। नागरिक स्टक डिलर कम्पनीले बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव सहित तेस्रो वार्षिक साधारणसभा आह्‍वान गरेको छ। कम्पनीको कात्तिक १६ गते बसेको संचालक समितिको बैठकले आगामी मंसिर १८ गतेका लागि सभा आह्‍वान गरेको हो।

Tata
Global Ime

नागरिक लगानी कोष भवन नयाँ बानेश्वर काठमाडौंमा साधारणसभा हुने बताइएको छ। साधारणसभामा गत आर्थिक वर्षको संचित मुनाफाबाट २३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबर बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अघि सारिएको छ। कम्पनीले पहिलो पटक चुक्ता पुँजी ३ अर्ब ५० करोड बराबरको ६.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो।

यसका साथै सभामा संचालक समितिकोतर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्षको प्रतिवेदन उपर छलफल गर्ने लगायत विभिन्न प्रस्ताव पारित गरिने बताइएको छ।