BIZMANDU
www.bizmandu.com

इलेक्ट्रिक स्कुटर सेगवे ई-११० एल नेपालमा, एक पटक चार्ज गर्दा ११० किलोमिटर चल्ने

२०७९ कात्तिक २३

इलेक्ट्रिक स्कुटर सेगवे ई-११० एल नेपालमा, एक पटक चार्ज गर्दा ११० किलोमिटर चल्ने
इलेक्ट्रिक स्कुटर सेगवे ई-११० एल नेपालमा, एक पटक चार्ज गर्दा ११० किलोमिटर चल्ने


काठमाडौं। सेगवे- नाइनबोटको नयाँ मोडल सेगवे ई-११० एल नेपालमा बिक्री सुरु भएको छ। कम्पनीले लामो दूरीको यात्राको लागि उपयुक्त अत्याधुनिक इन्टेलिजेन्ट फिचरहरु उपलब्ध रहेको जनाएको छ।

Tata
Global Ime

यो मोडलमा अग्रणी टेक्नोलोजी र हेवी- ड्युटी पर्फमेन्सको एक समानान्तर मिश्रण रहेको कम्पनीले दावी गरेको छ। २४०० वाटको अधिकतम मोटर पावर र ७२ भोल्टको २४ एम्पियर ब्याट्री क्षमताको साथ एक पटकको फुल चार्जमा ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सकिन्छ।

आईहव प्रालि नेपालमा सेगवे- नाइनबोटको आधिकारिक आयातकर्ता र वितरक हो। कम्पनीले सेगवेको ई- १०० र ई- १२५ मोडल बिक्री गर्दै आइरहेको छ।

सेगवेले यसमा किलेस सुविधा थप गरेको छ। जसले स्कुटर स्टार्ट गर्न, इलेक्ट्रोनिक सिट लक, ब्याट्री कम्पार्टमेन्ट लक र टेलबक्सहरू सहित सबै कुरा १०० प्रतिशत किलेसको सुविधा छ। सेगवको स्कुटरमा लन्चर एप र एड्मिन ड्यासबोर्ड छ, यसले फ्लीट अपरेटरहरू र राइडरहरूलाई सजिलैसँग आफ्नो सवारी साधनहरू व्यवस्थापन गर्न र सवारी चलाउन सक्षम बनाउँछ।

यसमा भएको ड्राइभर अक्युपेन्सी डिटेक्शन सिस्टमले अटोमोटिभ ग्रेड टेक्नोलोजीको साथ चालकलाई सेन्सरको माध्यमबाट सचेत गराउन सक्छ। जस्तै किक स्ट्यान्ड तथा साइड स्ट्यान्ड लागे/नलागेको भन्ने कुरा पत्ता लगाई राइडरहरूलाई सम्भावित खतराहरू बाट बचाउन नेभिगेसन प्रदान गर्छ।

यसैगरी अटोमेटिक पार्किङ मोड र कस्टमाइज्ड अडियोको पनि सुविधा उपलब्ध छ। यसको इलेक्ट्रोनिक पार्किङ मेकानिजमले यसले चलिरहेको अवस्थामा आकस्मिक रुपमा छोएर हुने दुर्घटनाहरूलाई रोक्न सक्छ।

ब्याट्री म्यानेजमेन्ट सिस्टम प्रणालीले हाइ-तापक्रम सुरक्षा, भोल्टेज सुरक्षा, हट प्लग सुरक्षा र ओभर चार्ज सुरक्षालगायतका कुराहरुमा सेफ्टि प्रदान गर्छ। यसले स्कुटरलाई सुरक्षा र सर्ट सर्किट बाट सुरक्षित गर्न सक्छ।